मंसिर ४ पछि गठबन्धनको सरकार बन्छ:शेखर कोइराला

Aadil Times 1+ समाचार ( )
२३ कार्तिक २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ ।

आज (बुधबार)मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गर्नुभयो । अहिले विराटनगरमा देखिएको ढल, सडक निर्माण, खानेपानी र सिंचाई जस्ता समस्याबाट आजित सर्वसाधारणका समस्यालाई निराकरण गर्ने पनि उहाँको भनाइ थियो ।

कांग्रेस नेता कोइरालाले स्थानीय स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरेर प्रभावकारी स्वास्थ्य सेवा प्रदायक संस्था बनाउने र जेष्ठ नगारिकलाई घर–घरमै स्वास्थ्य सेवा पुर्याउने आश्वासन समेत दिनुभयो ।

प्रतिक्रिया