बढ्यो सुनचाँदीको मूल्य

Aadil Times 1+ समाचार ( )
८ माघ २०७९

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलाको १ लाख ५ हजारमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजाबी सुनको मूल्यपनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार २ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया