साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रूपैयाँले बढेर एक लाख ४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
>
त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
>
>>