घट्यो सुन–चाँदीको भाउ

Aadil Times 1+ समाचार ( )
१३ फाल्गुन २०७९

आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया