एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
१५ मंगशिर २०७९

साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर ९९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार १५ रूपैयाँले बढेर १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया