सुवासचन्द्र नेम्वाङलाई भोट माग्न नेकपा एसको कार्यालय पुगे एमाले नेता

Aadil Times 1+ समाचार ( )
१७ फाल्गुन २०७९

राष्ट्रपतिमा पार्टीका उम्मेदवारलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।

राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् ।

राष्ट्रपति निर्वाचन अन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ । उक्त चुनावमा आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ मैदानमा छन् ।

नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गरेको छ । नेकपा एसको बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरेको छ ।

एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गर्ने तालिका छ । यस्तै आजै दिउँसो साढे २ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने नेताहरूले बताएका छन् ।


प्रतिक्रिया