तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
१९ पौष २०७९

साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले बढेर एक लाख दुई हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रूपैयाँले घटेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया