जसपालाई उपराष्ट्रपति नदिन बढ्यो दबाब

Aadil Times 1+ समाचार ( )
२६ फाल्गुन २०७९

सत्ता साझेदार दलहरूबीच उपराष्ट्रपति कसले पाउने भन्नेमा विवाद बढेको छ । पुरानो सहमति अनुसार जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पाउनुपर्ने थियो । जसपाको उम्मेदवार नै साझा उम्मेदवार बन्ने सहमति थियो ।

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बेलामा पनि दलहरूबीच मतभेद देखिएको छ । खासगरी, मधेसकेन्द्रित दलहरू लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता जसपाका उम्मेदवारलाई रोक्ने रणनीतिमा देखिएपछि विवाद बढेको हो ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले आफ्नो उम्मेदवार घोषणा पनि गरेका छन् । ११ फागुनमा बालुवाटारमा बसेको ८ दलको बैठकमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार