राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको औपचारिक निर्णय

Aadil Times 1+ समाचार ( )
१३ फाल्गुन २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । कांग्रेस उम्मेदवारलाई औपचारिक रुपमा समर्थन गर्ने जसपा नेपाल पहिलो पार्टी हो ।

शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिए ।

आठ दलको सहमति अनुसार कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ, पार्टीवाट उपराष्ट्रपति को हुने त्यो भने टुंगिएको छैन’ उनले भने ।

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

जसपाबाट संसदीय दलका नेतामा निर्विरोध निर्वाचित भएका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाउने सहमती भएको बुझिएको छ । रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खालि रहने बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गरेर उपेन्द्र ससंदीय यात्रामा आउने तयारी रहेको बुझ्न सकिन्छ ।


प्रतिक्रिया