परिवर्तन उल्टाउन प्रपञ्च भइरहेको छः प्रधानमन्त्री दाहाल

Aadil Times 1+ समाचार ( )
२ वैशाख २०८०

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई असफल बनाउन ठूलै प्रपञ्च भइरहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले भने “सरकारमा प्रधानमन्त्री, मन्त्री हामी छौँ। त्यसकारण परिवर्तन उल्टिँदैन होलाजस्तो पनि लाग्न सक्छ तर स्थिति सहज छैन।”

उनले पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउन जनताको आशा र भरोसाअनुसार जिम्मेवारीबोध गरेर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

नेताको मन जितेरभन्दा पनि जनता र कार्यकर्ताको मन जितेर नेता बन्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सोबमोजिम पार्टीलाई अगाडि लैजाने आफ्नो योजना रहेको चर्चा गरे।

प्रतिक्रिया