कांग्रेस र माओवादीले भन्यो : फाटो गराउने दुराशयले सामाजिक सञ्‍जालमा भ्रमपूर्ण प्रचार भयो

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

कांग्रेस र माओवादीले प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार गरेकोभन्दै त्यस्तो प्रचारमा विश्वास नगर्न आग्रह गरेका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।


प्रतिक्रिया