पोर्न स्टार सम्बन्धित मुद्दामा बयान दिएपछि ,डोनाल्ड ट्रम्पले भने अमेरिका नालीमा जाँदैछ

Aadil Times 1+ समाचार ( )
२१ चैत्र २०७९

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्यूयोर्कको एक अदालतमा उपस्थित भएर आफूमाथि लगाइएका ३४ वटा गम्भीर अपराधमा दोषी नभएको जिकिर गरेका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनाव अभियानमा आफ्नो मुख बन्द राख्न पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई मोटो‍ रकम दिएको आरोपसँग सम्बन्धित आपराधिक मुद्दामा ट्रम्पले बयान दिएका हुन् ।

यसअघि ट्रम्पलाई औपचारिक रूपमा पक्राउ गरिएको थियो । अदालतले ट्रम्पविरुद्ध अर्को वर्ष सुनुवाइ सुरु गर्न सक्ने बताएको छ । जुन ८ सम्ममा प्रतिवादी पक्षले अदालतमा आफ्नो तर्क पेस गर्न सक्नेछन् ।

अदालतमा बयान दिएर फर्केका ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीलाई सम्बोधन गरेका थिए । यस क्रममा ट्रम्पले आफूविरुद्ध कुनै ठोस प्रमाण नभएको दोहोर्‍याए ।

प्रतिक्रिया