एक हजारले बढ्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
१ चैत्र २०७९

साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले बढेर १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया