फागुन २८ अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ

Aadil Times 1+ समाचार ( )
१४ माघ २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति छनौट फागुन २८ गते अगावै हुनुपर्ने भन्दै निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने धारणा राखेका हुन् ।

यदी निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन उनले भने ।

उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपति छनौटमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

प्रतिक्रिया