सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। >
आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको हो।>
>
भारतमा स्थानीय समयअनुसार ४ बजेर २९ मिनेटमा सुरु हुनेछ भने नेपालमा ४ बजेर ४७ मिनेटमा देखिनेछ।>
>
काठमाडौंमा ४ः५४ मिनेटमा देखिनेछ।>
>
यस्तै पोखरामा ४ ः ५१मा,भद्रपुरमा ४ ः ५८,जनकपुरमा ४ः५८,महेन्द्रनगरमा ४ः४७ बजे सूर्य ग्रहण देखिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले जनाएको छ।>
>
काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।>
>
नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैन।>
>
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ। >
>>>