इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटाइयो

Aadil Times 1+ समाचार ( )
२५ पौष २०७९

इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटाइएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि हवाई भाडा पनि कम गरिएको हो ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ ।

यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिर पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।

यस्तै, काठमाडौंबाट भद्रपुरका लागि ६००, विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५ र पोखराका लागि ३२० रुपैयाँ घटेको छ ।

काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जको लागि ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८०, सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा घटेको छ ।

यो भाडादर पुस २७ गतेबाट लागू हुने संघले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।


प्रतिक्रिया