चितवनमा मतपेटिका जलाएपछि प्रहरीद्वारा हवाइ फायर

Aadil Times 1+ समाचार ( )
४ मंगशिर २०७९

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ।

चितवन निर्वाचन क्षेत्र नं १ मा विप्लव समूहले मतपेटिका जलाएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाइ फायर गरेको हो ।

राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ‘ख’ मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। उनीहरुले सो मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएको चितवनका डिएसपी सुदन आचार्यले जानकारी दिए ।

मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका मात्र जलेको र अन्यमा क्षति नभएको उनले बताए । चितवन प्रहरीका अनुसार ४५ मिनेट रोकिएको मतदान सुचारु भइसकेको छ ।

प्रतिक्रिया