जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

Aadil Times 1+ समाचार ( )
१ चैत्र २०७९

जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बिहीबार बिहान ११ बजे बस्ने गरी जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार बैठकमा फागुन ३ मा हुने उपराष्ट्रपतिको निर्वाचन, पार्टीको विधान मस्यौदा, समानुपातिक सांसद सिफारिस लगायतका विषयमा छलफल हुनेछ ।

समानुपातिक प्रणालीमार्फत मुस्लिम क्लस्टरबाट सांसद बनेकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ ।

मुस्लिम क्लस्टरतर्फ बन्दसूचीको दोस्रो नम्बरमा मञ्जु अन्सारीको नाम छ ।

प्रतिक्रिया