नेपाल कमर्स क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप

Aadil Times 1+ समाचार ( )
२३ माघ २०७९

मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतर पक्षका विद्यार्थीबीच सोमबार दिउँसो ढुंगा हानाहान भएको हो ।

दुई समूहबीच झडप भएपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अन्य इकाइबाट पनि प्रहरी झिकाएको छ ।

शेखर-गगन समूहका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षका विद्यार्थीले आक्रमण गरेपछि झडपको स्थिति आएको इतर समूहका विद्यार्थीको भनाइ छ ।

प्रतिक्रिया