नियमित नआउने शिक्षकलाई कार्वाहीको दायरामा ल्याउन कठोर कदम चालिने : अध्यक्ष

Aadil Times 1+ समाचार ( )
अध्यक्षले भने , शिक्षा क्षेत्रमा भएको विकृतीलाई सुधार्न जस्तो सुकै ठोस कदम चालन आफु तयार रहेको बताए...
१७ माघ २०७९


धनपालथानको अध्यक्ष जिवच्छ गच्छदारको नेतृत्वमा हुँदै गरेको विद्यालय अनुगमनमा नियमित नआउने शिक्षकलाई कार्वाही गर्न सिफारीस गर्ने भएको छ । धनपालथानका अध्यक्ष जिवच्छ गच्छदारले निर्वाचित भएसंगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम कार्यनवयनमा ल्याएका छन् । धनपालको बिभिन्न वडाको शिक्षाको अवस्था कमजोर भएको जनगुनासो आए संगै अध्यक्ष गच्छदारले अनुगमनलाई निरन्तर्ता दिएका छन् । लाइभ न्यूज संग कुरा गर्दै अध्यक्षले भने , शिक्षा क्षेत्रमा भएको विकृतीलाई सुधार्न जस्तो सुकै ठोस कदम चालन आफु तयार रहेको बताए ।  यस्तै गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत केशव ढकालले भने , अध्यक्षले अनुगमन गरे संगै काम नगर्ने शिक्षक , समयमा नआउने , राजनितिक अखडा बनाउने शिक्षकहरुलाई गाँउपालिकाले पहिलो चरणमा चेतावनी दिदै पुनः दोहोरिए , कार्वाही गर्ने बताए । गाँउपालिकाका उपाध्यक्ष नसिमा वानो , शिक्षा शाखा संयोजकले समेत अनुगमन गरेका थिए । 


प्रतिक्रिया