कोशी प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी

Aadil Times 1+ समाचार ( )
९ चैत्र २०७९

कोशी प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा चार सिट जितेर पाँचौं हैसियतमा रहेको एकीकृत समाजवादीले नेतृत्वमा दाबी गरेको हो ।

संसदीय दलका नेता राजेन्द्र राईले सत्ता गठबन्धनमा पार्टीको दाबी एउटा प्रदेश सरकारको नेतृत्वमा रहेको भन्दै त्यो कोशी नै भएको बताए ।

राई कोशी प्रदेशको पूर्व मुख्यमन्त्री हुन् । नेकपा एमाले विभाजन हुँदा कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।

‘चार वटा प्रदेशमा माओवादी र जसपाको नेतृत्व छ, परिवर्तन हुने एमालेले नेतृत्व गरेको प्रदेशमा हो’, उनले भने, ‘लुम्बिनी र गण्डकीमा एक-एक सांसद छन्, कोशी प्रदेशमा चार जना छौं ।’

पार्टीको सांसद संख्या कोशी प्रदेशमा बढी भएका कारण यहींको प्रदेश सरकारमा दाबी रहेको उनले राईले बताए । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको छलफल पछि भागबण्डा टुङ्गो लाग्ने उनको भनाइ छ ।


प्रतिक्रिया