एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल

Aadil Times 1+ समाचार ( )
५ फाल्गुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

गठबन्धनमा अविश्वास बढेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस हौसिएको छ । कांग्रेसले आफूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री दिने बताइसकेका छन् ।

प्रतिक्रिया