ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता

Aadil Times 1+ समाचार ( )
४ मंगशिर २०७९

 ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले )अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा( एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन् ।

यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार चारसय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार चारसय २७ मत र अन्यले दुई सय अठार मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिए ।

सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ । 

प्रतिक्रिया