विराटनगरमा नाबालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ

Aadil Times 1+ समाचार ( )
१७ कार्तिक २०७९

विराटनगरमा नाबालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन्। ६ बर्षीय नाबालिकाको बलात्कार गरेको आरोपमा प्रहरी विराटनगर १२ बस्ने ३८ बर्षीय सजन कामतलाई गिरफ्तार गरेको हो।

पेशाले बिजुली मर्मतसम्भारको काम गर्ने कामतले नाबालिकाको घरमा कोइ पनि नभएको मौका छोपेर बलात्कार गरेको उजुरी मोरङ जिल्ला प्रहरी कार्यालयमा निवेदन परेपछि प्रहरीले कामतलाई नियन्त्रणमा लिएको हो।

भाईटिकाको भोलि पल्ट घरमा कोइ नभएको मौका छोपेर कामतले नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालिकाको बाबुले जवरजस्ती करणी मुद्दा मोरङ प्रहरीमा कार्तिक १४ गते उजुरी दिए पछि प्रहरीले कामत लाई गिरफ्तार गरेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताएका छन्।

प्रहरीले कामतलाई नियन्त्रणमा लिएसंगै चार दिन म्याद थप गरेर अनुसन्धान थालेको छ भने पिडित नाबालिकाको कोशी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया