फेसबुकले नि*स्क्रिय बनायो एमआरआर ग्रुपलाई

Aadil Times 1+ समाचार ( )
फेसबुकले निस्क्रिय बनायो एमआरआर ग्रुपलाई
१२ कार्तिक २०७९

१३ कात्तिक, काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको सन्चालक कम्पनी मेटाले निस्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निस्क्रिय गराएको हो ।

सुरुमा युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकले आकलन गरेका छन् ।

यसका एकजना एडमिनले फेसबुक एआईले एमआरआरलाई निस्क्रिय गराएको जानकारी दिएका छन् । तर कुन पोष्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो पनि नदेखाइएको उनको भनाइ छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो । कतिपयले यो कार्य उक्त छलफलसित समेत जोडिएको हुनसक्ने ठानेका छन् ।  उक्त ग्रुपलाई अहिले पुनः निस्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको सन्चालकले जनाएका छन् ।

एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौंको मेयर पदका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई जिताउन सक्रिय भएको थियो । ठूलो संख्यामा युवाहरु समावेस भएको ग्रुप भएकाले यसले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई पनि कुनै न कुनै रुपले प्रभावित पार्न सक्ने अनुमान निर्वाचन आयोगका पदाधिकारीहरुले गरेका थिए ।

एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो ।

प्रतिक्रिया