निर्वाचनलाई सफल,सुरक्षित र भयरहित बनाउन कुनै कसर बांकी नराख्ने: प्रमुख जिल्ला अधिकारी काशीराज

Aadil Times 1+ समाचार ( )
२३ कार्तिक २०७९

आसन्न निर्वाचन सफल बनाउन सबैपक्ष जिम्मेवार हुनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको निर्वाचन सम्बद्ध प्रशासनिक पदाधिकारी र मोरङका विभिन्न मिडियाहरुका सम्पादक बीचको अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो बताएका हुन । निर्वाचन सफल बनाउन सबैपक्षको भुमिका उत्तिकै जिम्मेवार र महत्वपुर्ण हुने कुरामा सहभागिले जोड दिएका थिए । 

कार्यक्रममा बोल्नुहुँदै प्रदेश निर्वाचन अधिकारी लेवण काश्यप अधिकारीले मोरङमा निर्वाचन आचार संहिता विपरीतका १५ वटा निवेदन परेको जानकारी दिनुहुँदै मिडियाले आचार संहिता उल्लंघन गरेको बिषयमा एउटा पनि उजुरी वा निवेदन नआएको बताउनुभयो । यद्यपि मिथ्यापुर्ण सूचनाहरुबाट बंच्न उहाँले सम्पादकहरु सामु आग्रह गर्नुभयो । उहाँले निर्वाचन सम्बन्धि तयारी अन्तिम चरणमा पुगेको बताउनुहुँदै मोरङको निर्वाचन क्षेत्रनम्बर १,२,३ मा भोली देखीनै निर्वाचन सामाग्रि पठाउने काम शुरु हुने जानकारी दिनुभयो ।

मोरङका एसपी शान्तिराज कोईरालाले मोरङमा निर्वाचनको शान्ति सुरक्षामा नेपाल प्रहरीका २,०८२ जना अधिकृत र जवानहरु तथा ३,६१६ जना म्यादी प्रहरीगरी ५,६९८ जना परिचालन गरिने जानकारी गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई सफल,सुरक्षित र भयरहित बनाउन कुनै कसर बांकी नराखिने बताउनुभयो । निर्वाचनमा जम्मा ७ हजार सुरक्षाकर्मी र १० हजार कर्मचारी खटाईने उहाँले जानकारी दिनुभयो । निर्वाचनको बेला सिमा सुरक्षालाई थप चुस्त बनाउन भारतीय काउण्टर पार्टससंग छलफल र अन्र्तरक्रिया समेत गरिएको उहाँले बताउनुभयो । निर्वाचनको ७२ घण्टा अगाडि बोर्डर सिल गरिने बताउनुहुँदै उहाँले अत्यावश्यक कामहरु उपचार तथा विवाह जस्ता प्रयोजनका लागि आवश्यकताको आधारमा वारिपारी जान पासको ब्यवस्थापन गरिने जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष लिलाबल्लभ घिमिरेले निर्वाचन आचारसंहित सम्बन्धि आयोगको अनुगमन फितलो भएको दाबी गर्नुभयो । उहाँले पत्रकारहरुले अन्य सरोकारवाला भन्दा स्वतस्र्फुतरुपले आचार संहितको पालना गरिरहेको बताउनुहुँदै पत्रकार सम्मिलित टोली गठन गरेर अनुगमन गर्नुपर्ने सुझाव दिनुभयो । महासंघका मोरङ अध्यक्ष संजिव खनालले मोफसलका मिडियाहरुलाई आयोगले निर्वाचन सम्बन्धि विज्ञापन उपलब्ध नगराएकोमा ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया