उपराष्ट्रपति चुनावको तयारी पूरा

Aadil Times 1+ समाचार ( )
२ चैत्र २०७९

शुक्रबार हुने उपराष्ट्रपति चुनावको तयारी पूरा भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी भएको जानकारी दिएको छ । शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । 

आयोगले मतदानको ४८ घण्टा अगाडिबाट मौन अवधि सुरु भएको भन्दै सो आचारसंहिता पालना गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । यो अवधिमा चुनावसम्बन्धी कुनै छलफल, बैठक वा गोष्ठी नगर्न भनेको छ ।

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य, ममता झा, प्रमिला यादव र रामसहायप्रसाद यादव उम्मेदवार छन् । प्रमिला यादवले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । 

यो चुनावमा संघीय संसदका सांसद र प्रदेशसभाका सदस्यहरूले मतदान गर्ने छन् । शुक्रबारै मतपरिणाम पनि सार्वजनिक गरिनेछ । यसअघि राष्ट्रपतिको चुनावमा रामचन्द्र पौडेल निर्वाचित भएर कार्यभार सम्हालिसकेका छन् ।


प्रतिक्रिया