पाकिस्तानमा विद्युत आपूर्ति अवरुद्ध

Aadil Times 1+ समाचार ( )
९ माघ २०७९

पाकिस्तानमा सोमबार बिहानदेखि विद्युत प्रणाली अवरुद्ध भएको छ । प्राप्त खबरअनुसार आज बिहान साढे सात बजे राष्ट्रिय ग्रिडको सिस्टम फ्रिक्वेन्सी घटेपछि विद्युत् प्रणालीमा व्यापक अवरोध उत्पन्न भएको त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ ।

इस्लामावाद इलेक्ट्रिक सप्लाई कम्पनी अर्थात् इस्कोका अनुसार ११७ ग्रिड स्टेशनमा विद्युत आपूर्ति बन्द गरिएको छ ।

विद्युत आपूर्ति कम्पनीले ट्विटमा लेखेको छ, ‘क्षेत्रीय नियन्त्रण केन्द्रले अहिलेसम्म कुनै स्पष्ट कारण दिएको छैन, आइस्को व्यवस्थापन सम्बन्धित निकायसँग निरन्तर सम्पर्क गर्ने प्रयास हुँदैछ ।’

प्रतिक्रिया