प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने

Aadil Times 1+ समाचार ( )
१८ पौष २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।

संसद्का महासचिवलाई सम्बोधन गर्दा २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

नेपालको संविधानको ६७ को उपधार (२) बमोजिम नियुक्त भएपछि तीस दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। नेकपा एमाले सहित ७ दलको समर्थनमा प्रचण्डले १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।



प्रतिक्रिया