>
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।>
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
>
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
>
>
>
>
>>