विराट नर्सिङ होमको डाईग्नोष्टि ल्याबको संकलन केन्द्र इनरुवामा पनि स्थापना

Aadil Times 1+ समाचार ( )
१९ मंगशिर २०७९

विराटनगरस्थित विराट नर्सिङ होम विराटनर अस्पताल भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।

इनरुवा १ हस्पिटल गेटनजिक रहेको साएमा पोलिक्लिनिकमा सोमबार एक कार्यक्रम आयोजना गरी ल्याबको लागि संकलन केन्द्र स्थापना गरी संचालनमा ल्याएको हो ।

स्थानीय स्थरमा सङ्कलन केन्द्र स्थापना भएपछि अब इनरुवाका बिरामीले रगतबाट हुने परीक्षणको लागि विराट नर्सिङ होमको ल्याबमा आइराख्नुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ । बिरामीलाई स्थानीय स्थरमा ल्याब सेवा प्रदान गर्ने उद्देश्यले इनरुवामा पनि विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबको लागि सङ्कलन केन्द्र स्थापना गरेको प्रशासन प्रमुख अमित कुसवाहाले जानकारी दिए ।

सङ्कलन केन्द्र विराटनगरबाट सुरु भएको छ,’ उनले भने ‘बिरामीको सहजताको लागि हामीले प्रदेश १ का अन्य सहरहरूमा पनि सङ्कलन केन्द्र सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’विराटले आइतबार विराटनगर १५ भट्टिमोडस्थित जनता पोलिक्लिनिकमा ल्याब परीक्षणको लागि रगत सङ्कलन केन्द्र स्थापना गरेको थियो ।

विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले आधिकारिक रूपमा सङ्कलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा बिरामीले रगत दिएपछि त्यो स्याम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट सङ्कलन केन्द्रमा पनि जान्छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले रिपोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौँ ।

सङ्कलन केन्द्रसम्म आउन नसक्ने बिरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल सङ्कलन गर्ने उनले बताए । सञ्चालनमा आएको अवसरमा विराटले स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट र जनरेल परीक्षणमा ४० प्रतिशत छुट दिने गरेको छ ।



प्रतिक्रिया