रवि लामिछाने भन्छन् -एकको बदला तीन लिएर संसद छिर्ने सपना छ

Aadil Times 1+ समाचार ( )
१६ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।

उनले अब स्वर्णिम दिनहरू आउने र देश आफ्नो पुस्ताले हाँक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले एकको बदला तीन सांसद लिएर संसद छिर्ने सपना रहेको बताएका छन् ।

‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ’, रविले भनेका छन् ।

नागरिकतासम्बन्धी मुद्दा हारेपछि चितवन २ बाट निर्वाचित रविको सा‌ंसदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुमेको थियो । उनी चितवनबाट फेरि उम्मेदवार बन्दैछन् ।

यस्तै तनहुँमा हुने उपनिर्वाचनमा कांग्रेस त्यागेका अर्थविद् स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बन्दैछन् । बारामा रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्ने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया