राष्ट्रपति निर्वाचन : मतगणना सुरु, आजै नतिजा सार्वजनिक गरिने

Aadil Times 1+ समाचार ( )
२५ फाल्गुन २०७९

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको गणना सुरु गरिएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना भइरहेको छ । संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो ।

प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ । उनीहरूको मतदान पनि छुट्टाछुट्टै स्थानमा गरिएको थियो ।

आजै नतिजा सार्वजनिक गरिनेछ । विजयी उमेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया