राठी उद्योगमा भिषण आगजनी

Aadil Times 1+ समाचार ( )
२९ वैशाख २०८०

मोरङको बूढीगंगा स्थित सञ्चालनमा रहेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिज (उद्योग) मा भिषण आगजनी भएको छ ।

शुक्रवार विहान २ बजे देखि लागेको आगो नियन्त्रणमा आएको छ । राठी स्वीच र एलईडी लगायतका बिजुली सम्बन्धीत सामग्री उत्पादन गर्दे आएको सो उद्योगमा लागेको आगो नियन्त्रण गर्न १२ वटा सुनसरी र मोरगका दमकल परिचालन गरिएको थियो  । सो उद्योग राजेन्द्रकुमार राठीले सञ्चालन गर्दे आएका छन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले लामो समयदेखिको आगो नियन्त्रणको प्रयास भईरहेको तर गोदाम भित्र अझै आगो बल्ने गरेको जानकारी दिए । विद्युत सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता दाहालले भने –‘ आगो नियन्त्रणमा रहेको छ । तर गोदाम भित्र विभिन्न स्थानमा आगो बलिरहेको छ । ‘

उद्योगका चार वटा गोदाम मध्ये एक एलईडी बल्भ भएको गोदाम पूर्ण रुपमा जलेर जष्ट भएको छ । 


प्रतिक्रिया