निस्वार्थ भावले राजनितिक गर्दै आएका यादबको चुनावि अभियान कार्यक्रम तिव्र

Aadil Times 1+ समाचार ( )
१२ कार्तिक २०७९

लाइभ न्यूज रफतार सप्तरी ,१३ कार्तिक ।  सप्तरी क्षेत्र न. २ ख का उम्मेदवार लक्ष्मण कुमार यादवको घरदैलो तथा चुनावि अभियान कार्यक्रम तिव्र रुपमा चलिरहेको छ । पछिल्लोपटक निर्वाचनको मिति नजिकिँदै संगै युवा नेता यादव प्रती स्थानीय जनताहरुले उहालाई रोज्ने दाबी गर्दै आएका छन ।

झन्डै ३० बर्ष देखि निस्वार्थ भावले राजनितिक गर्दै आएका यादव प्रती जनताको शेम्पेथिक रहेको देखिन्छ । सप्तरीको राजविराज नगरपालिका वडा न.१ का सुरेन्द्र यादव भन्छन उहाँ जस्तो इमानदार तथा राम्रो व्यवहार भएको एउटा पनि उम्मेदवार नरहेकाले यसपालिको रोजाइ उहाँ ने हुने दाबि समेत गरेका छन । चुनाबि अभियानके क्रममा जसपा नेपालबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार यादवले दिनरात जसरि जनताको सेवा लागेका थिए ,त्यसरि ने अहिले दिनरात चुनावि अभियानमा लागेका छन । 

प्रतिक्रिया