नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग सीमा समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘हुती’ नभएको टिप्पणी गरेका छन्।
>
बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देउवाले भारतसँग सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरेको भनेर झुट बोलेको बताए।
>
उनले भने, ‘हाम्रो समयमा हामीले पत्राचार गरेको थियौँ भनेर उहाँले झुटो बोल्नुभयो। उहाँको भारतलाई कूटनीतिक पहलका लागि पत्र लेख्ने क्षमता र हुती छैन। उहाँको अनावश्यक चाकडी गर्ने मात्रै क्षमता छ।’
>
जनतालाई बन्दुक उठाऊ भनेर सम्बन्ध बिगार्ने कुरा गरेको आरोप लगाए। आफ्नो हक वार्ताबाट फिर्ता ल्याउने बताए। उनले आगामी निर्वाचनपछि एमाले जस्तो राष्ट्रिय सरकार चाहिने दाबी गरे।
>
उनले आफूले कुनै चोइटा चोइटी जोडेर सरकार नबन्न समेत बताए। आफ्नो पार्टीबाट काम गर्न नदिनेहरू हिँडेपछि एमालेमा कुनै गुटबन्दी नरहेको बताए।
>
गठबन्धन सरकारले ठुलो नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दै अधोगतितर्फ लगेको टिप्पणी गरे। सत्ता गठबन्धनले निषेध र द्वन्द्वको राजनीति गरेको आरोप लगाए। आफूले नभएर गठबन्धनले संविधान मिचेको जिकिर गरे।
>
उनले संसद् विघटनलाई प्रतिगमन गरेको भनेर भ्रम फैलाएको आरोप लगाउँदै आफ्नो बचाउ गरे। गठबन्धनले अदालतको तोक आदेशबाट सरकार फेरेको बताए।
>
>>