मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

Aadil Times 1+ समाचार ( )
९ चैत्र २०७९

भारतका विपक्षी नेता राहुल गान्धीलाई आपराधिक मानहानिको मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको छ ।

गुजरातको सुरत जिल्ला अदालतले यस्तो फैसाला गरेको हो । तर, उनी जेल भने जाने छैनन् । किनभने जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न पनि आदेश दिइएको छ ।

सन् २०१९ मा नै उनलाई आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए ।

उनले कसरी सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए । अदालतको फैसलालाई उल्ट्याउन ३० दिनभित्र उनले उच्च अदालतमा अपिल गर्न सक्छन् ।


प्रतिक्रिया