क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणीको आरोपमा लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि आजको लागि पेशी तोकेको हो ।
>
सर्वोच्च अदालतले नै यो मुद्दा छिटो टुंग्याउन जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको थियो । तर पेशी तोकिए पनि आजै सुनुवाइ हुन्छ भन्ने निश्चित छैन ।
>
सन्दीपका वकिल सरोजकृष्ण घिमिरे यसअघि बुझ्नुपर्ने र झिकाउनुपर्ने सबै प्रमाण झिकाइसकेकाले अब सुनुवाइ हुने बताउँछन् । ‘अब पेशी अगाडी नै पर्यो र सुनुवाइ सुरु भयो भने आदेश छिट्टै आउँछ । सर्वोच्चले नै छिटो टुंग्याउन भनिसकेको छ’, घिमिरेले भने ।
>
सन्दीपविरुद्ध एक किशोरीले गएको भदौमा जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । त्यसको एक महिनापछि सन्दीप पक्राउ परेका थिए ।
>
सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिनाबढी थुनामा बसेपछि उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको थियो ।
>>