अरुण चौधरीको अर्को पेसी २९ गते तोकियो

Aadil Times 1+ समाचार ( )
२३ माघ २०७९

कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालत दिपायलका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेश दिएको छ । अर्को पेसी माघ २९ गतेलाई तोकिएको छ ।

२०६६ भदौ ३ गते लु.२ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा २०६७ भदौ २ मा अरुण चौधरीसहित तीनजनाविरुद्ध कैलाली अदालतमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरी सहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

अदालतको आदेश कार्यान्वयनका लागि प्रहरीले माघ १९ मा पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार