झिनो अंकले घट्यो नेप्से

Aadil Times 1+ समाचार ( )
१२ माघ २०७९

शेयर बजार परिसूचक नेप्सेमा बिहीबार झिनो अंकले घटेको छ । शून्य दशमलव ३५ अंकले घटेर २१ सय ८३ अंकमा थामिएको छ । नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटेको छ ।

बिहीबार २ सय ५४ कम्पनीको ७७ लाख कित्ता शेयरको २ अर्ब ८६ करोड बराबरमा खरीदबिक्री भएको छ । बिहीबार १ सय १ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १ सय ७ कम्पनीको भने घटेको छ ।

बिहीबार कारोबारमा आएका समूह मिश्रित देखिएका छन् । जीवन बीमा र निर्जीवन बीमा १ अंकले वृद्धि भएको छ भने होटल तथा टुरिजम, जलविद्युत, लगानी र व्यापार समूहमा पनि १ अंक भन्दा कमले वृद्धि भएको छ । बाँकी समूहमा गिरावट आएको छ ।

बिहीबारको कारोबारमा लुम्बिनी जनरल इन्सुरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, वाराही जलविद्युत र सूर्यज्योति लाइफ इन्सुरेन्सको सकारात्मक सर्किट लेबलमा कारोबार भएकोे छ भने समृद्धि फाइनान्सको ७ प्रतिशत, सप्तकोसी विकास बैंक, ग्रिन भेन्चर लिमिटेडको शेयर मूल्य ४ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया