बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
>
निराशाजनक मौद्रिक नीतिका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन ।
>
यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि जारी रह्यो । बुधबार १३ अंकले ओरालो लागेको बजारमा अरु दिनको तुलनामा कारोवार रकम पनि घटेको छ ।
>
उत्पादन मूलक समूहमा ४८ अंकको वृद्धि बाहेक अरु सबै उपसमूह ओरालो लागेका छन् । बुधबारको बजारमा सबैभन्दा बढी जिवन बिमा समूहमा १ सय १६ अंकको गिरावट आएको छ ।
>
१ सय ७६ कम्पनीको मूल्य घटेको बजारमा युनिलिभर नेपालका लगानीकर्ताले भने ८ प्रतिशत बढीले कमाएका छन् ।>
>>