अब सन्दीप लामिछानेले क्रिकेट खेल्न पाउने

Aadil Times 1+ समाचार ( )
२८ पौष २०७९

बलात्कार मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बिहीबार उच्च अदालत पाटनको आदेशले राहत दिएको छ । पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश उल्ट्याएको उच्च अदालत पाटनले उनलाई क्रिकेटमा फर्किने बाटो पनि खोलिदिएको छ । बिहीबार उच्च अदालत पाटन इजलासले २० लाख धरौटीमा उनलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रक्रिया पूरा गरेर उनी थुनामुक्त हुँदैछन् ।

उच्च अदालतले दिएको आदेशमा उनीमाथि क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छैन । जसका कारण अब उनी मैदानमा देखिन सक्छन् । कप्तान रहेकै अवस्थामा उनी बलात्कार आरोपमा पक्राउ परेका थिए । त्यसपछि मात्र नेपाल क्रिकेट संघले उनलाई कप्तानबाट हटाएको थियो।

अदालतले उनलाई थुनामुक्त गरे पनि विदेश भ्रमणमा प्रतिबन्ध लगाएको छ भने काठमाडौं उपत्यका छोड्दा पनि अनुमति लिनुपर्ने सर्त राखेको छ । काठमाडौं छोड्दा काठमाडौं प्रहरी परिसरमा उनले उपत्यका  छोड्नुको कारण र फर्किने मितिसमेत लिखित रूपमा जानकारी गराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार