विराटनगरका व्यवसायी मोहन न्यौपानेले ३ पानाको सुसाइट नोट लेखेर गरे आत्महत्या

Aadil Times 1+ समाचार ( )
११ माघ २०७९

विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपानेले बुधबार आत्महत्या गरेका छन् । मोरङ प्रहरीले न्यौपानेको आत्महत्या गरेको स्थानबाट तीन पानाको सुसाइट नोट फेला पारेको छ । सुसाइट नोटमा न्यैपानेले व्यवसायी प्रयोजनको लागि लिएको रकम समावेश गरिएको छ ।

नोटमा न्यौपानेले विभिन्न बैंक तथा वित्तिय संस्था र व्यक्तिहरु संग लिएको रकम उल्लेख गरिएको छ । मोरङ प्रहरीका प्रमुख एसपी शान्तीराज कोइरालाले व्यवासयी न्यौपाने आत्महत्या प्रकरणको अनुसन्धान भइरहेकोले केही समयपछि सत्यतथ्य बाहिर ल्याउने जानकारी गराए ।

५७ वर्षिय न्यौपाने विराटनगर–३, पोखरीया स्थित आफ्नै घरको बाथरुममा बुधबार घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए । न्यौपाने विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल संचालन गरिरहेका थिए ।

३ दशकदेखि इलेक्ट्रिक व्यवसायी गर्दै आइरहेका न्यैपाने कोभिड–१९ महामारी पछि सोचेअनुसार व्यवसाय संचालन हुन नसकेको अवस्थामा र व्यवसायी गर्न परिचालन गरिएको रकमको दिनप्रतिदिन आर्थिक भार थपिदै गईरहेको अवस्थामा न्यैपानेले बुधबार आत्महत्याको बाटो रोजेको हो ।

न्यौपानेको बुधबार नै विराटनगर स्थित कोशी अस्पतालमा पोष्टमाटम गरिएको छ । न्यौपानेको श्रीमती र १ छोरा र छोरी छन् । बुधबार नै विराटनगर–१ पोखरीया स्थित परोपकार घाटमा न्यौपानेको अन्तिम संस्कार गरिएको छ ।

न्यौपाने इलेक्ट्रिक संघ मोरङका पूर्व अध्यक्ष हुन् । बुधबार न्यौपानेको अन्तिम संस्कारमा विराटनगरका इलेक्ट्रिक व्यवसायीको बाक्लो संख्यामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया