आज सुनको मूल्य बढयो

Aadil Times 1+ समाचार ( )
२७ पौष २०७९

साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ सय रूपैयाँले बढेर एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार ५ रूपैयाँले घटेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया