भन्सारको स्थलगत रिपोर्टिङ : पहिला भन्दा अहिले धेरै कडाई

Aadil Times 1+ समाचार ( )
यद्धपी चेक जाँचमा रहेका भन्सारका कर्मचारीहरुको निर्देश्नमा प्रहरीहरुले व्यवहारीक पाटोलाई हेर्दै घरायसि प्रयोजनका लागी भनेर १०० रुपैँया भन्दा बढिकै खाद्य वस्तु भन्सारका नकाटि छाडिएको समेत देखिएको ...
१० माघ २०७९

विराट व्यापार संघका प्रतिनिधहरुले बिराटनगर भन्सार कार्यलय अन्तर्गत रहेका एकीकृत जाँच पास चौकीको स्थलगत निरिक्षण गरेका छन् । 

मंगलबार , विराट व्यापारसंघका अध्यक्ष नरेश खत्रीको नेतृत्वमा भन्सारका बिभिन्न स्थानमा निरिक्षण गर्नुभएको छ ।   

पछिल्लो समय , विराटनगर भन्सार कार्यालयले सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न भारतीय बजार जोगवनीबाट एक सय रुपैयाँभन्दा बढीको मालवस्तु ल्याएमा अनिवार्य राजश्व तिनुपर्ने बाध्यकारी नियम कार्यन्वयनमा ल्याएका छन् ।

मंगलबार ,बिराट व्यापार संघका पदादिकारीहरु बिराटनगर हुँदै एकिकृत जाँचपास चौकी तिर लागे । त्यहाँको यो दृश्यमा देख्न सकिन्छ की उपस्थीत सस्त्र प्रहरीहरु देखी नेपाल प्रहरी चेक जाँच कडाईमा कुनै कसर बाँकी राखेका छैनन् । रिक्सा होस की मोटरसाइकल , सबैलाई करको दायरा ल्याउन हर सम्भभव प्रयास गरेको देखिएको छ । यद्धपी चेक जाँचमा रहेका भन्सारका कर्मचारीहरुको निर्देश्नमा प्रहरीहरुले व्यवहारीक पाटोलाई हेर्दै घरायसि प्रयोजनका लागी भनेर १०० रुपैँया भन्दा बढिकै खाद्य वस्तु भन्सारका नकाटि छाडिएको समेत देखिएको बिराट व्यापारसंघका अध्यक्ष खत्रीले लाइभ न्यूजलाई बताए । 

१०० रुपैँया बढिको बालवस्तु आयात गरका भन्सार काट्नुपर्ने नियम पहिल्यैदेखि लागु भएपनि कडाई हुन सकेको थिएन । तर, यतिबेला विराटनगर भन्सार कार्यालयले उक्त नियमको सूचना र प्रचार गर्दै कडाई गरेको विराट व्यपारसंघका उपाध्यक्ष चन्द्र अधिकारीले बताए । 

यात्रु शाखाबाट नेपाल–भारत ओहरदोहर गर्ने यात्रुहरुलाई मात्र आवातजावत गर्न दिइने विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुंगानाले लाइभ न्यूजलाईलाई बताए । ‘यात्रु शाखाबाट व्यापारिक मालवस्तुको भन्सार जाँचपास गरिने छैन । आयात निर्यात आइसीपिबाट मात्र हुनेछ ।’ भन्सार कार्यालयले दैनिक उपभोग्य सामाग्रीको खरिदबिक्रि स्वदेशमै गर्ने गर्नुपर्ने र भन्सार नतिरी मालसामान ओसारपसार गर्दा जुनसुकै बेला कानुनी कारबाहीमा परिने चेतावनीसमेत दिएको छ ।

एकिकृत चाँच पास चौकी निरिक्षण पछि संघका पदाधिकरीहरु बिराटनगर भन्सारका प्रमुखलाई निरिक्षण गरेको स्थलगत विविरण सुझाव सहित बुझाएका थिए । 

उक्त निरिक्षणमा विराट व्यपार संघका अध्यक्ष नरेश खत्री , 

उपाध्यक्ष चन्द्र अधिकारी , कोषाध्यक्ष किरण ढुङगेल , सहसचिव मनोहर कार्की ,म्हिला सदस्य सरस्वती ओझाको उपस्थिती थियो । 


प्रतिक्रिया