प्रि- क्वाटरफाइनलका अन्तिम दुई खेल आज

Aadil Times 1+ समाचार ( )
१९ मंगशिर २०७९

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार ‘राउण्ड अफ १६ अन्तर्गत’ प्रि-क्वाटरफाइनल का अन्तिम दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

मोरक्को समूह ‘एफ’ को विजेता तथा स्पेन समूह ‘ई को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि–क्वाटरफाइनलको यो अन्तिम खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया