कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा प्रदर्शन

Aadil Times 1+ समाचार ( )
५ चैत्र २०७९

कोशी प्रदेश नामाकरण गरेको विरोधमा विराटनगरमा प्रदर्शन सुरु भएको छ । 

प्रदेश नामाकरणका विषयमा असन्तुष्टि जनाउँदै पुन :नामाकरण संघर्ष समितिको अगुवाईमा प्रदर्शन भइरहेको हो ।

यतिबेला विराटनगरमा चर्को नाराबाजीसहित पहिचान पक्षधरहरुले विरोध प्रदर्शन गरिरहेका छन् । 

प्रदर्शनका क्रममा कुनै अप्रीय घटना नहोस भनेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । विराटनगरको विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।


प्रतिक्रिया