कांग्रेसले बिपक्षी गठबन्धन बनायो

Aadil Times 1+ समाचार ( )
४ माघ २०७९

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवारी दर्ता गर्नुभएको छ । बिपक्षी गठबन्धनको तर्फबाट न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यसअघि सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । कांग्रेसले बिपक्षी गठबन्धन बनाएर सभामुखमा उम्मेदवारी दिएको हो ।

नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराउनु भयो । उहाँको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला रहनुभएको छ ।

उहाँलाई नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ। यो घटनासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिश्वासको मत दिएर राष्ट्रपति र सभामुखमध्ये एकपद चाहिन्छ भन्दै बार्गेनिङमा लागेको कांग्रेस बिपक्षी गठबन्धन बनाएर बसेको छ ।


प्रतिक्रिया