सुनसरी-१ मा जसपाका अशोक राई विजयी

Aadil Times 1+ समाचार ( )
संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका ...
११ मंगशिर २०७९

सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा अशोक राई विजयी बनेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष राईले निकतटम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरेका हुन् ।

२०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका उनी ०७४ मा पराजित भएका थिए । एमालेको समर्थनमा राई २३ वर्षपछि प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभामा आएका छन् ।

उनी ०४८ मा खोटाङ ३ र २०५१ मा खोटाङ २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएका छन् ।

एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२ मत ल्याए ।

प्रतिक्रिया