राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

Aadil Times 1+ समाचार ( )
१ मंगशिर २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने ।

निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाउन सरकारसँग माग गर्दै पार्टीले प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोग र निर्वाचनको पर्यवेक्षण गरिरहेका संघसंस्थाको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया